बाजुरा बस दुर्घटनामा २३ जना घाइते

काठमाण्डु टुडे २०८३ असार ७ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, ७ असार–  साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन ।

महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिएका छन ।

दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्याइएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us