काठमाण्डू, ५ असार– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको बताएका छन ।
आज (शुक्रबार) पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै सांयोजक प्रचण्डले यस्तो बताएका हुन । उनले सरकारको नीति कार्यक्रम गरिब मजदुर किसानका विरुद्ध भएको पनि बताए ।
प्रचण्डले भने, ‘सरकार श्रमिक वर्ग विरोधी, गरिब मजदुर किसान विरोधी, अधिकार, ट्रेड युनियन अधिकार लगायतका अधिकार विरोधी क्रियाकलापका विरुद्ध हामीले सबै मोर्चाबाट आवाज उठाउनु पर्नेछ ।
क्रमशः हामी सदनबाट, सडकबाट अगाड बढ्ने कोसिस गरिरहेका छौँ। सदनमा सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा केन्द्रित गरेर अगाडी जाने हाम्रो कोसिस छ। सडकमा पनि बिस्तारै यी विषयहरू जनतालाई लैजान जरुरी छ।’
सरकारको कदमविरुद्ध बिस्तारै–बिस्तारै जनताले पनि बुझ्दै जाने स्थिति बनेको भन्दै आत्तिनु पर्ने कारण नभएको पनि बताएका छन ।
फेरि एकचोटी गणतन्त्रवादी र वामपन्थीहरू मिलेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘एमाले, कांग्रेस, मधेश केन्द्रित दलहरूसँग हाम्रो लगातार छलफल भइराखेको छ ।
स्वयं सत्तामा भएको पार्टीका नेताहरूसँग पनि विभिन्न रूपमा छलफलहरू कुराकानीहरू भइराखेको छ ।’