काठमाण्डू, २९ जेठ– बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रवीन बिष्टले जानकारी दिएका छन ।
दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार अस्पताल पठाइएको उनले जानकारी दिएका छन ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।