सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १६:३७ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– सप्तरीमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राजबिराज नगरपालिका–१२ सिंगियौन बस्ने २३ वर्षीय छोटेलाल यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

बिष्णुपुर गाउँपालिका–५ कट्टीस्थित सडकमा बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविबराजमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

साथै दुर्घटनामा घाइते भएका बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us