सचिव पुष्करको प्रधानमन्त्रीलाई म्यासेज: सके मुख्यसचिव, नभए राजदूत

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १३:२७ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन शाहलाई मुख्यसचिवदेखि राजदूत बन्नका लागि सहयोग माग गर्दै म्यासेज गरेको खुलेको छ ।

प्रधानमन्त्रीलाई म्यासेज गरेको पाइएपछि बिहीबार मात्रै पुस्करलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर सोधबुझ गरेको थियो । लामो केरकार गरेपछि पुस्करलाई प्रहरीले उनकी श्रीमतीको जिम्मा लगाएर छाडेको थियो । केरकारमै पर्नेगरी पुस्करले के म्यासेज पठाएका थिए भन्ने प्रश्न उब्जिएको थियो ।

प्राप्त म्यासेजमा सचिव पुस्करले अझै मुख्य सचिव हुनका लागि आशय व्यक्त गरेको देखिएको छ । उनले हजुरको विशेष ध्यान भएमात्रै मुख्यसचिवमा सम्भावना रहेको नत्र कुनै सम्भावना नरहेको उल्लेख गरेका छन् ।

यसबाट पुस्करले अझै मुख्यसचिवका हुनका लागि आश गर्दै सहयोग हुनसके अझै सम्भावना रहेको व्यक्त गरेको देखिन्छ ।

मुख्य सचिव नभएको अवस्थामा सचिवको पाँच वर्षे कार्यकाल पूरा गरेर २४ असारमा अवकाशमा जाने निश्चित भएकाले राजदूतका लागि पुष्करले फारम गरेको पनि पाइएको छ । उक्त कुरा उनले म्यासेजमै उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us