अझै पनि जनताले मेरो लागि सरकार छ भन्ने अनुभूति गर्न सकेका छैनन्ः सभामुख अर्याल

काठमाण्डु टुडे २०८३ जेठ २१ गते २२:५८ मा प्रकाशित

काभ्रे,२१ जेठ- सभामुख डोलप्रसाद अर्यालले जनताले अझै पनि आफ्ना लागि मुलुकमा राज्य र सरकार छ भन्ने अनुभूति गर्न नसकेको बताएका छन् ।

बिहीबार काभ्रोको धुलिखेलमा आयोजित जिल्ला समन्वय समिति काभ्रेको नवौं जिल्ला सभालाई सम्बोधन गर्दै सभामुख अर्यालले राज्यको अनुभूति जनताले गर्न नपाएको बताए ।

संविधान जारी भएको लामो समयसम्म संविधानअनुसार आवश्यक कानुन निर्माण हुन नसक्दा राज्यप्रतिको अपनत्व विकास हुन नसकेको उनको भनाइ थियो ।

अर्यालले नयाँ पुस्ताको भावना र मुलुकको आवश्यकताअनुसार संसदले कानून निर्माण गर्ने दाबी गरे ।

फरक प्रसंगमा उनले संविधानमा राष्ट्रिय सहमति आवश्यक पर्ने स्पष्ट गरे । संविधान संशोधनमा सबै राजनीतिक दलबीच सहमति हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us