कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ २१ गते १२:५० मा प्रकाशित

काठमाण्डू, २१ जेठ– प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ का २८ वर्षीय दिवस भनिने दिप्सन चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय दमले पक्राउ गरीएको हो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा १९ चैत २०७९ मा जिल्ला अदालत झापाले दोषी ठहर गरेको थियो ।

१० वर्ष कैद भुक्तान गर्न बाँकी रहेका उनलाई अदालतमार्फत कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us