तुलसी अधिकारीको थुनछेक बहस सुरु

काठमाण्डु टुडे २०८३ जेठ २१ गते १२:३२ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु भएको छ । अधिकारी विरुद्धको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा सुनुवाइ जारी छ ।

सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने र प्रतिवादी अधिकारीको कानुन व्यवसायीले बहस गरेसँगै बहस पूरा हुनेछ ।

थुनछेक बहसपछि आजै अदालतले अधिकारीलाई थुनामा पठाउने या धरौटीमा छाड्न पनि छाड्न सक्नेछ । प्रतिवादी अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर गत शनिबार राति काठमाण्डू ल्याइएको थियो ।

अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us