राष्ट्रपतिलाई ओलीको कटाक्षः बडो जुक्तिले लोकतन्त्र एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ

काठमाण्डु टुडे २०८३ जेठ २० गते १५:३७ मा प्रकाशित

काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामा प्रश्न गरेका छन ।

आज (बुधबार) पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा बोल्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपति पौडेलको भुमीका माथि प्रश्न उठाएका हुन । उनले राष्ट्रपतिले रबर स्ट्याम्प भएर काम गरिरहेको आरोप लगाए ।

ओलीले भने, ‘राष्ट्रपतिजी रबर स्टयाम बनेर जुन चिज नगर्नुपर्ने हो त्यसमा हस्ताक्षर गर्ने काम गरिरहनुभएको छ, ‘वास्तवमा बडो जुक्तिको साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ ।

जुन कुरा एमालेलाई मान्य छैन ।’ उनले संवैधानिक संस्थाको बारेमा टिप्पणी गर्न भने नचाहेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us