जेठ २६ सम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित

काठमाण्डु टुडे २०८३ जेठ २० गते १५:३१ मा प्रकाशित

काठमाण्डू, २० जेठ– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज (बुधबार) बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो ।

अर्को बैठक जेठ २६ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष नारयण प्रसाद दाहालले जानकारी दिए ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुबै सदन प्रभावित हुँदै आएका छन् ।

विपक्षी दलहरुले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन् । प्रतिनिधिसभा बैठक पनि निरन्तर अवरोध हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us