एमाले नेतृत्व नछोड्ने ओलीको घोषणा, भने: त्यस्तो आशंका मनमा नलिनु होला

काठमाण्डु टुडे २०८३ जेठ २० गते १५:०४ मा प्रकाशित

काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले नेतृत्व नछोड्ने घोषणा गरेका छन । आज (बुधबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो घोषणा गरेका हुन । ओलीले अप्ठ्यारो परिस्थितिमा नेतृत्व छोड्नेगरी अध्यक्ष नबनेको बताएका छन् ।

‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो सजिलो पर्यो भने अनुकुल बातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याकेर भागिहाल्नु भनेर होइन,’ ओलीले भने । पार्टीलाई सफलतामा लगेर मात्र विदा लिने ओलीले घोषणा गरे ।

‘कही आशंका हुन सक्छ । मैले बीचैमा झोला फ्याकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भनेका छन्, ‘म अप्ठयारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधि विधान प्रक्रिया छन् ।

त्यससंगत मैले विश्राम लिने अवस्था बन्छ ।’ पितृ शोक, गिरफतारी, शल्यक्रिया जस्ता कारणले बीचमा अलमल भएपनि अब नेताहरुसँग भेटवार्ता बाक्लो बनाउने उनले बताए ।

‘पार्टीलाई, आन्दोलनलाई देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढाउने संकल्प मेरो यथावत छ,’ ओलीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us