काठमाण्डू, २० जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले आफ्नो सम्पत्ति विवरण छानबिन गर्न सुरु गरेको भन्दै आपत्ति व्यक्त गरेका छन ।
आज (बुधबार)बाट काठमाण्डूमा सुरु भएको एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन ।
अध्यक्ष ओलीले आफ्नो भएको घर खरानी पारे सरकारले फेरी सम्पत्ति विवरण खोजी रहेको भन्दै आक्रोश व्यक्त गरे । ओलीले भने, ‘भएको एउटा घर खरानी पारेर फेरि सरकार मेरै सम्पत्ति विवरण चाहियो ? खरानी छ लैजा सरकार ।’