सभापति लामिछानेले मोदीलाई भेट्दै

काठमाण्डु टुडे २०८३ जेठ २० गते ११:४२ मा प्रकाशित

काठमाण्डू, २० जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । केहीबेरमा भेटवार्ता हुन लागेको भ्रमण दलमा रहेका रास्वपा सांसद दीपक बोहोराले जानकारी दिएका छन ।

मोदीले सभापति लामिछानेको प्रतिनिधिमण्डलसँग सामुहिक र लामिछानेसँग एक्लाएक्लै भेट्ने कार्यक्रम रहेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा सभापति लामिछाने पाँचदिने भारत भ्रमणमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us