प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझै बलियो बनाएको छः रास्वपा

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १८:०२ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको तर्क गरेका छन ।

आज (मंगलबार) संघीय संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले यस्तो बताएका हुन । उनले सीमा सम्बन्धि विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको बताएका छन ।

रास्वपा महामन्त्री बुर्लाकोटीले रास्वपाले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा स्पष्ट रहेको समेत बताएका छन । उनले भने, ‘अहिलेको जुन रिर्पोटहरू छ सामान्यतयास् । अब यो दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरू भएको छ ।

त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो,’ ‘यो चाहीँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्दछ भन्ने जुन प्रधानमन्त्रीज्युले राख्नुभएको छ । त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ ।’

प्रधानमन्त्री साहले उक्त विषयमा समय आएपछि जवाफ दिने बताउँदै विपक्ष दलहरूले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताउनु भयो । उनले भने, ‘यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आई नै हाल्छ । अव अर्कोलाई यो रिवर्स कूटनीति पनि हो ।

अर्कोतर्फ पार्टीले त यस अगाडि नै हामीले हाम्रो भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्दछ । र, भूमि फिर्ता लिनका लागि कूटनीतिक पहल गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेको छ ।’

महामन्त्री बुर्लाकोटीले बजेट पारित गर्न ढिलाइ हुने भएकाले पनि विपक्ष दलहरूले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us