प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको भन्नुभएको होइन, अचम्ममा परेको भन्नुभएको होः सरकार प्रवक्ता

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १५:०१ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादमा संसद्‍मा बोलेका कुरा पुनः सुन्न अनुरोध गरेका छन ।

प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको नभनी बरू आफू अचम्ममा परेको भनेर भनेको बताउँदै सरकार प्रवक्ता पोखरेलले यस्तो आग्रह गरेका हुन ।

‘सीमा विवादको काम अगाडि बढाउँदा अर्को पक्षले नेपालले पनि भारतको भूमि मिचेको भन्ने कुरा आएपछि आफू पनि अचम्ममा परेको प्रधानमन्त्रले भन्नुभएको हो, मन्त्रिपरिषद्‍को निर्णय सुनाउने क्रममा पत्र‍कारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘सीमा विवादबारे संसद्‍मा बोलेका कुरा पुनस् सुन्नुहोला।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us