विपक्षी दलको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १४:०४ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार, बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका छन ।

बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले बोल्न समय दिएका छन । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गर्दै विरोध गरेका हुन । अहिले उनीहरू बैठकमा उठेर विरोध गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us