कार्की आयोग प्रतिवेदन: सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद ४५ दिन थप

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १३:२४ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– सरकारले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यअवधि थप गरीएको छ ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन ।

मंगलबारको मन्त्रीपरिष्दको निर्णय सुनाउँदै उनले भने, ‘०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने ।’

सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन भएको थियो ।

वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरीका बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई सदस्य रहेको समिति गठन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us