ठमेलबाट १५ बंगलादेशी नागरिक पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १८:१७ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– काठमाण्डूको ठमेलबाट १५ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भिजिट भिसामा नेपाल आई भिसा उद्देश्य विपरीतका गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई ठमेलको होटल एसीईको चौथो, पाँचौं र छैटौ तलाबाट पक्राउ गरिएको हो ।

उनीहरुले उक्त रुमहरु भाडामा लिएरु विदेशी मोडल तथा युवतीहरुको फेक फेसबुक अकाउन्ट बनाइ कुराकानी गर्दै अवैध गतिविधि गरेको प्रहरीले प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई अध्यागमन विभाग कालिकास्थानमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us