संसदमा सभामुख र सांसदबीचको दुरी बढाइयो, हटाइयो कुर्सीका दुई लहर

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १६:१५ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– प्रतिनिधि सभाको बैठकमा सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको दुरी बढाइएको छ । हिजो (आइतबार) सांसदहरु सभामुखको आसनसम्मै पुगेर अवरोध गरेपछि सचिवालयले सभामुखको आसन र फ्लोरबीचको दुरी बढाएको हो ।

संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता एकराम गिरीका अनुसार फ्लोरको अघिल्लो लहरका ‘दुई रो’ हटाइएको छ । हिजो प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा विपक्षीले प्रश्न उठाएपछि तनाव भएको थियो ।

सभामुख डिपी अर्यालले पारितको प्रक्रियामा अघि बढिसकेको हुनाले विपक्षीले माग गरेजस्तो संसदीय समितिमा पठाउन नसकिने अडान लिएका थिए । विपक्षी दलहरुले भने थप छलफल हुनुपर्ने माग गरेर वेल घेराउ र नाराबाजी गरेका थिए ।

यसक्रममा भएको घम्साघम्सी र असहज वातावरणका कारण मर्यादापालकको घेरामा बसेर सभामुखले सदन चलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us