काठमाण्डू, ४ जेठ– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाको अभिव्यक्तिप्रति प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ ।
सांसदद्वयले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध गरेका हुन । एमालेका सांसदहरू गुरु बराल, ऐन महर, मोहम्मद इतियाक राईलगायत सांसद उठेर विरोध गरेका हुन ।
सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरू उठिरहेका छन्। एमालेका सांसदहरू उठेर निरन्तर विरोध जनाएपछि सभामुखले सांसद महरलाई बोल्न समय दिएका छन ।
उनले संसद्मा विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गरेको भन्दै आपत्ति समेत व्यक्त गरेका छन । संसद्मा अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदहरूले अभिव्यक्ति भएको उनको भनाइ छ ।