एमालेमा केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग

काठमाण्डु टुडे २०८३ जेठ ४ गते १३:४५ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– आज (सोमबार) एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने बताइएको छ ।

बैठक अगाडि नेताहरूले केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग समेत गरेका छन । एमाले नेता झपट बहादुर रावल २०८२ फागुन २१ मा आम निर्वाचन सम्पन्न भएको अढाइ महिना बित्दा समेत पार्टी पराजयको औपचारिक समीक्षा हुन नसक्नु र केन्द्रीय कमिटीको बैठक बस्न नसक्नुले एमालेभित्र मात्र होइन, देशैभरिका आम नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा गम्भीर निराशा र आशंका पैदा गरेको बताउँछन् ।

इतिहासकै नराम्रो पराजय भोगेपछि उत्पन्न भएको सन्नाटाले सिंगो पार्टी पंक्ति निःशब्द रहेको उल्लेख गर्दै उनले एमाले सचिवालय बैठकमा के कस्ता विषय उठ्नुपर्छ र के कस्ता निर्णय हुनुपर्छ भनेर बिभिन्न चार वटा एजेण्डा अगाडि सारेका छन् ।

एमाले नेता रावलले चुनावी पराजयको निर्मम समीक्षा, नीति र नेतृत्वमा पार्टी पुनर्गठनको माग, नेतृत्वको जवाफदेहिता र नैतिक जिम्मेवारी र केन्द्रीय कमिटी बैठकको तत्काल घोषणाको एजेण्डा अधि सारेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us