कञ्चनपुरमा श्रीमान्‌को शव फेला, श्रीमती पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ ४ गते १३:३९ मा प्रकाशित

काठमाण्डू, ४ जेठ– कञ्चनपुरमा एक पुरुषको शव भेटिएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर मृत्यु भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ ।

सुनार सोमबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले जानकारी दिएका छन । घटनापछि प्रहरीले श्रीमती यशोदा सुनारलाई नियन्त्रणमा लिएको छ ।

यशोदाले नै प्रहरीलाई खबर गरेकी प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक थापाका अनुसार मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ । घटनास्थलबाट चक्कु पनि बरामद भएको प्रहरीले जनाएको छ ।

घरमा श्रीमान् श्रीमती मात्र बस्दै आएका थिए । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us