कुवेत एयरवेजले फेरि काठमाण्डू उडान गर्ने

काठमाण्डु टुडे २०८३ जेठ ३ गते १७:१५ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– कुवेत एयरवेजले काठमाण्डूमा उडान पुनः सुरु गर्ने भएको छ । कुवेत–काठमाण्डू–कुवेत रुटमा साताको दुई उडान गर्ने गरी उडान पुनः सुरु गर्न लागिएको कुवेत एयरवेजले जनाएको छ ।

पश्चिम एसिया युद्धका कारण कुवेत–काठमाण्डू उडान रोकिएको थियो । कुवेतले मंगलबार र बिहीबार गरी सातामा दुई उडान तालिका सार्वजनिक गरेको छ । कुवेतले आफ्नो वेबसाइटमा राखेको मूल्य अनुसार काठमाण्डू–कुवेत रुटको भाडा न्यूनतम ९ सय ११ अमेरिकी डलर (१ लाख ४० हजार रुपैयाँ हाराहारी) एकतर्फी भाडा तय गरिएको छ ।

कुवेत धेरै नेपाली कामदार रहेका देशमध्ये एक हो । त्यहाँबाट कुवेत र जजिरा एयरवेजले नियमित काठमाण्डू उडान गर्दै आएका थिए । पश्चिम एसिया युद्धले उडान प्रभावित बनेसँगै कुवेतसँगको हवाई सम्पर्क समेत टुटेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us