काठमाण्डू, ३ जेठ– जन्मकैदको सजाय तोकिएकी महिला मध्यराति सुन्धारा कारागारबाट फरार भएकी छन । फरार हुनेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनी शुक्रबार राति १ बजेतिर कारागारबाट फरार भएको सुन्धारा कारागारमा प्रमुख तथा कारागार प्रशासक कृष्ण चापागाईंले जानकारी दिएका छन । भुइँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको उनले जानकारी दिए ।
उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्मकैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।
घटनाबारे कारागार प्रशासन र प्रहरीले आन्तरिक रुपमा अनुसन्धान गरेका छन् । कारागारको सुरक्षा काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानिपोखरी मातहत हुने गर्छ ।