बल्खुमा मदन–आश्रितको सम्झना

काठमाण्डु टुडे २०८३ जेठ ३ गते १२:१२ मा प्रकाशित

काठमाण्डू, ३ जेठ– एमालेले ३३औं मदन–आश्रित स्मृति सभा गरेको छ । एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा एमाले केन्द्रीय कार्यालयले मदननगर बल्खुमा स्मृतिसभा गरेको हो ।

कार्यक्रममा पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी प्रमुख अतिथि थिइन् । सहभागीहरूले मदन र जीवराजको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us