रास्वपा दक्षिणपन्थी लोकप्रियतावादी पार्टी होः प्रलोपा

काठमाण्डु टुडे २०८३ वैशाख १७ गते १६:४३ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दक्षिणपन्थी लोकप्रियतावादी पार्टी भएको निष्कर्ष निकालेको छ ।

१२ र १३ वैशाखमा काठमाण्डूमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले रास्वपालाई दक्षिणपन्थी लोकप्रियतावादी पार्टी भएको निष्कर्ष निकालेको हो । रास्वपाले लोकप्रियतावादी कुरा गर्ने र विचारसहितको आदर्श राजनीतिलाई हेय दृष्टिले हेर्ने गरेको आरोप समेत लगाएको छ ।

उनले भने, ‘फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ नजिक पुगेको आजको रास्वपा नेपालमा दक्षिणपन्थी लोकप्रियतावादी पार्टी हो जसले सदैव लोकप्रियतावादी कुरा गर्छ र विचारसहितको आदर्श राजनीतिलाई हेय दृष्टिले हेर्ने गर्छ ।

तर, वास्तविकता के हो भने आजको नेपालमा राजनीतिक दर्शन, सिद्धान्त र विचारले काम नगरेका होइनन् । बरु, ती दर्शन, सिद्धान्त र विचारको आधारमा बनेका पार्टीका नेताहरू तदनुरूप हुन नसकेका हुन्’, प्रलोपाको दस्ताबेजमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us