काठमाण्डू, १७ वैशाख– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले पीडितले जाहेरीसमेत दर्ता गर्न नपाउने भएपछि जनताले कसरी न्याय पाउँछन् भन्दै सरकारलाई प्रश्न गरेकी छन ।
सामाजिक सञ्जालमार्फत सांसद विश्वकर्माले यस्तो प्रश्न गरेकी हुन् । उनले लेखेकी छन, ‘पीडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा सिन्धुली प्रहरी र सिन्धुली सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेछु, रिमाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जाहेरीसमेत दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?
अन्तर्जातीय विवाह गरेका सिन्धुलीका श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको थियो । यही प्रकरणमा रिमाले सरकारलाई प्रश्न गरेको अनुमान गरिएको छ । विकलाई न्याय दिन माग गर्दै सांसद विश्वकर्मासहितको टोलीले प्रशासन कार्यालयमा धर्ना दिएको थियो ।
सांसद नै धर्नामा बसेपछि रास्वपा सभापति रवि लामिछानेले बुधबार विचाराधीन मुद्दामा धेरै भावुक भएर धर्नामा नबस्न चेतावनी दिएका थिए । लामिछानेले चेतावनी दिएको भोलिपल्ट रिमाले सरकारलाई प्रश्न गरेकी हुन् ।