पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते १७:५१ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणको विषयलाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

आज (बुधबार) समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो ।

यसअघि वैशाख २ गतेको निर्णयानुसार खड्कालाई स्पष्टीकरण सोधिएको थियो। तर, वैशाख ४ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको भन्दै समितिले सो निर्णय प्रक्रियालाई हालका लागि तामेलीमा राख्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us