काठमाण्डू उपत्यकामा हावाहुरीसहित वर्षा, साँझ ५ बजे नै अँध्यारो

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते १७:३१ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– काठमाण्डू उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । हावाहुरीसहितको वर्षाका कारण साँझ ५ बजे नै काठमाण्डू उपत्यका आसपासको क्षेत्र अँध्यारो भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अपरान्ह ४ बजेदेखि हावाहुरी सहितको वर्षा हुने विवरण सार्वजनिक गरेको थियो । विभागले पूर्वानुमान गरे अनुसार नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा भइरहेको छ ।

विभागले हावाहुरी चल्ने समय र प्रभावित जिल्लाहरूको विवरण समेत सार्वजनिक गरेको थियो । महाशाखाले आज बिहान ८ बजे विशेष बुलेटिनमा सार्वजनिक गर्दै अपराह्न चार बजेदेखि नै हावाहुरी सुरु हुने जनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us