कांग्रेस राष्ट्रिय सभा सचेतकबाट रोकायालाई हटाइयो, परियार मनोनीत

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते १६:३२ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– कांग्रेसले राष्ट्रिय सभाको सचेतकमा पदम बहादुर परियारलाई मनोनीत गरेका छन । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले परियारलाई सचेतक पदमा मनोनयन गरेका हुन् ।

पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (३) बमोजिम उनलाई सचेतक पदमा मनोनयन गरिएको बताइएको छ । यसअघि राष्ट्रिय सभाको सचेतकमा कृष्णबहादुर रोकाया थिए ।

उनलाई हटाएर परियारलाई सचेतक बनाइएको हो । कांग्रेसले आजै राष्ट्रिय सभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौलालाई हटाएर कमला पन्तलाई मनोनीत गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us