संसद् स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कमा ठिक मान्न सकिँदैनः कांग्रेस नेता खड्का

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते ११:५९ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसद् स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कमा ठिक मान्न नसकिने तर्क गरेका छन ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सरकारले संसद् नबसेको बेला विशेष परिस्थितिमा अति आवश्यक र देशलाई धेरै हित हुने जस्ता विषयमा कहिले काहीँ अध्यादेश ल्याउनुलाई स्वाभाविक मानिए पनि यसपटक सर्वथा पृथक् काम भयो । बोलाएको संसद् बैठकै नबसाई संसद् स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कले यसलाई ठिक भन्न मिल्दै, हुँदैन ।’

उनले थप भनेका छन्, ‘सरकारको बुद्धिमान हुन्छ अध्यादेश फिर्ता गरेर तत्काल संसद् बैठक बोलाई फास्ट ट्र्याक बाट अध्यादेशमा ल्याउन चाहेको विषय विधेयक मार्फत सांसदबाटै ल्याउने ।

अध्यादेशका विगतका गलत नजिर देखाएर वर्तमान करिब दुई तिहाइको सरकारले आफ्नो बाटो तय गर्नु अहङ्कारी कदम मात्र हुनेछ। यसले न सरकारको, न देश र जनताको नत लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाको दीर्घकालीन हितमा हुनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us