सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्‍योः उपाध्यक्ष पौडेल

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते ११:५४ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरीत भएको बताएका छन ।

सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उनले एमालेको गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन । बुधवार २७ औँ यदु स्मृति दिवस तथा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन ।

उपाध्यक्ष पौडेलले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि सरकारले प्रहार गरिरहेको आरोप लगाए । सरकारले जनसरोकारका विषयहरूलाई नजरअन्दाज गरेको र जनताका समस्याप्रति चरम लापरबाही देखाएको उनको तर्क छ ।

सरकार सञ्चालनका क्रममा दुई वटा खम्बा—संविधान र लोकतान्त्रिक मूल्यलाई बिर्सन नहुने पनि बताएका छन । पछिल्लो समय सरकारले सांसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले ‘अध्यादेशको सिलसिला’ सुरु भएकोमा समेत आपत्ति प्रकट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us