काठमाण्डू, १६ वैशाख– गत २१ फागुनमा भएको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि कांग्रेसका सभापति गगनकुमार थापा पहिलो पटक सर्लाही गएका छन् ।
२१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन् । सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार रहेका थिए । निर्वाचन परिणाम उनको प्रतिकूल आएको थियो ।
कांग्रेस सभापति थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उमरेश कुमार सिंहसँग पराजित भएका थिए । सभापति थापाको सचिवालयले निर्वाचनपछि पहिलो पटक सर्लाही आएको जनाएको छ ।
सचिवालय सदस्य शंकर कुइँकेलका अनुसार सभापति थापा सर्लाही–४ मा कांग्रेसको ‘जरा अभियान’ मा सहभागी हुने कार्यक्रम छ । सभापति थापाले सर्लाही–४ का मतदाताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम पनि रहेको उनको सचिवालयले जानकारी दिएको छ ।