सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १४:५३ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

आजको बैठकले संवैधानिक परिषद् लगायतका केही अध्यादेश ल्याउने तयारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए ।

तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us