कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

काठमाण्डु टुडे २०८३ वैशाख १३ गते १६:३४ मा प्रकाशित

काठमाण्डू, १३ वैशाख– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्दै छ । भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिएका छन ।

कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल गर्ने उनले जानकारी दिए । सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने उनले जानकारी दिए । सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us