काठमाण्डू, १२ वैशाख– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन ।
काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले ५९ बलमा अर्धशतक पुरा गर्न सफल भएका हुन ।
यो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दीपेन्द्रले प्रहार गरेको छैटौं अर्धशतक हो । युएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर १४३ रन बनाएर खेलिरहेको छ । क्रिजमा दीपेन्द्र र सोमपाल कामी छन् ।