दीपक भट्ट र सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाण्डु टुडे २०८३ वैशाख ९ गते १७:४० मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप अनुसन्धान गर्न अदालतले सात दिन म्याद थपको आदेश दिएको छ ।

आज (बुधबार) सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत काठमाण्डूका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल दुवै जना अहिले विभागको हिरासतमा छन् । भट्ट र अग्रवाल निजी क्षेत्रको इन्स्योरेन्स कम्पनी हिमालय रि को ठुला सेयरधनी मध्येका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us