सुधनको राजीनामाप्रति प्रचण्डः जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाण्डु टुडे २०८३ वैशाख ९ गते १६:५५ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको बताएका छन ।

आज (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरेका हुन् ।

गृहमन्त्रीले राजीनामा दिनुभएको बिषयमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’ विवादमा तानिएपछि गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us