काठमाण्डू, २० चैत– अख्तियारको टोलीले धनुषाको लालगढबाट सशस्त्र प्रहरीका एक जना इन्स्पेक्टरलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्स्पेक्टर वकिल अधिकारी रहेका छन ।
शुक्रबार उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनको साथबाट घुस बापत लिएको ४० हजार नगद बरामद गरिएको अख्तियारका एक जना अधिकृतले जानकारी दिएका छन ।
कमला–ढल्केबर–बागमती सडक खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोकेर अवरोध सिर्जना गर्दै उनले घुस माग्ने गरेको आरोप छ । आरोपीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।