काठमाण्डू, २० चैत– एमालेका युवाहरूले नेतृत्व परिवर्तनको माग राखेका छन । आज (शुक्रबार) एमालेको केन्द्रीय कार्यलय च्यासलमा सचिवालय बैठकका लागि पुगेका नेताहरूलाई युवा कार्यकर्ताहरूले फूल दिएर शुभकामना दिएका छन ।
उनीहरूले नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै नेताहरूलाई फूल दिएका हुन् । यसअघि संसदीय दलको नेतामा रामबहादुर थापा बादललाई चयन गरेपछि पार्टीका युवाहरूले निरन्तर विरोध गरिरहेका छन् ।
उनीहरूले संसदीय दलको नेतामा सुहाङ नेम्वाङलाई चयन नगरेको भन्दै सोही दिन विरोध प्रदर्शन गरेका थिए । हिजो पनि पार्टी केन्द्रीय कार्यालयमा प्लेकार्डसहित प्रदर्शन, मौनधारण लगायतका कार्यक्रम गरिएको थियो । आज भने फूल दिएर नेताहरूलाई नेतृत्व परिवर्तनको रुपमा शुभकामना दिएका हुन् ।