दुई सय नाघ्यो पेट्रोलको मूल्य

काठमाण्डु टुडे २०८२ चैत १९ गते २२:०७ मा प्रकाशित

काठमाण्डू, १९ चैत- पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ ।

नेपाल आयल निगमले शुक्रबार मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।

योसँगै काठमाण्डू, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य १ सय ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य १७९ रुपैयाँ ५० पैसा पुगेको छ ।

सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर २०१ रुपैयाँ पुगेको छ । डिजेलरमट्टितेलको मूल्य १८१ रुपैयाँ कायम गरिएको नियमद्वारा जारी सूचनामा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us