सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

काठमाण्डु टुडे २०८२ चैत १९ गते १७:४५ मा प्रकाशित

काठमाण्डू, १९ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखका लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेको रास्वपा स्रोतले जनाएको छ ।

सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा उक्त पारित गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us