०६४ को बहुमत सदुपयोग गर्न सकेनौंः वर्षमान पुन

काठमाण्डु टुडे २०८२ चैत १९ गते १७:२१ मा प्रकाशित

काठमाण्डू, १९ चैत– नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकारेका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले तत्कालीन माओवादीले पाएको बहुमतलाई सदुपयोग गर्न नसकेको स्विकार गरेका हुन । ‘०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो ।

०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्‍यौँ, पछिचाहिँ हामीले पार्टी एकता गर्‍यौँ । त्यसलाई सदुपयोग गर्न सकेनौँ जानेनौँ ।’ उनले रास्वपालाई शिक्षाको रुपमा लिएर पार्टी र देशलाई अघि लैजान आग्रह गरे । यसका लागि नेकपाले सहयोग गर्ने पनि उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us