महिलाका लागि निःशुल्क बस सञ्चालन गर्ने सरकारको बाचा

काठमाण्डु टुडे २०८२ चैत १५ गते ४:५९ मा प्रकाशित

काठमाण्डू, १५ चैत- सरकारले महिलाहरूका निःशुल्क बस सञ्चालन गर्ने योजना अघि सारेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ ।

महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने योजना कार्यसूचीमा उल्लेख छ । पहिलो चरणमा सय दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउनेछ ।

त्यस्तै सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसी क्यामेरा जडान गर्ने, राइड सेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनभित्र सम्पन्न गर्ने योजना पनि सरकारको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us