ओलीका लागी गोली खान तयार छौंः धामी

काठमाण्डु टुडे २०८२ चैत १४ गते १६:०९ मा प्रकाशित

काठमाण्डू, १४ चैत–एमाले विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले राजनीतिक प्रतिशोधका आधारमा आफ्ना अध्यक्ष केपी

ओलीलाई पक्राउ गरिएको भन्दै देशभरबाट प्रतिकार गरिने चेतावनी दिएका छन् ।

ओली पक्राउको विरोधमा शनिबार एमाले जनसंगठनले माइतीघरमा आयोजना गरेको प्रदर्शनमा बोल्दै उनले देशभरका कार्यकर्तालाई सडकमा उत्रिन निर्देशन दिए ।

उनले अध्यक्ष ओलीका लागि आफूहरु गोली खानसमेत तयार रहेको बताए । ‘कफन बाँधेर सडकमा ओर्लिएका छौं । मर्नका लागि तयार छौँ । कसैले छातीमा गोली हान्छ भने हामी गोली खान तयार छौँ ।’

आइतबारदेखि निरन्तर हरेक चोकचोकमा प्रदर्शन हुने जानकारी उनले दिए । विगतमा आफूहरुले टायर बाल्ने र शैक्षिक संस्थामा तालाबन्दी नगर्ने प्रतिबद्धता गरेको भए पनि ओलीमाथि प्रतिशोध साँधिएकाले बाध्यताबस त्यसो गर्नुपरेको प्रष्टीकरण दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us