प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीय सचिव श्रेष्ठलाई बनाइन प्रकृति संरक्षण कोषको अध्यक्ष

काठमाण्डु टुडे २०८२ चैत १ गते १९:२३ मा प्रकाशित

काठमाण्डू, १ चैत– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् ।

प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले उनलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन् । कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीले नै अध्यक्ष मनोनीत गर्नसक्ने व्यवस्था छ ।

सोही अनुसार प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई मनोनीत गरेकी हुन् । उनी आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत भएका हुन् । आदर्शकुमार श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए ।

उनले प्रधानमन्त्रीको सचिवालयमा पत्नी र नातेदारलाई राखेका थिए । श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह स्वकीय सहसचिव बनाएको कुरा खुलेपछि प्रधानमन्त्रीको सचिवालयबाट सबै नियुक्तिहरू हटाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us