काठमाण्डूको गौरीघाटमा एक युवक मृत फेला

काठमाण्डु टुडे २०८२ चैत १ गते १९:०२ मा प्रकाशित

काठमाण्डू, १ चैत– काठमाण्डूको गौरीघाट कुटीगल्ली नजिक एक युवक मृत अवस्थामा भेटिएको छ । काठमाण्डू महानगरपालिका–७ गौरीघाट कुटीगल्ली नजिक डेरा गरी बस्ने २५ वर्षीय रन्जितकुमार थारू कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बर्दियाको राजापुर नगरपालिका–२ घर भएका थारू आइतबार कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us