काठमाण्डू, १ चैत– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् ।
पितृशोकमा रहेका ओलीलाई भेट्न दाहाल आज (आइतबार) भक्तपुरको गुन्डुस्थित निवास पुगेका हुन्। सो क्रममा उनले स्वर्गीय मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारलाई समवेदना दिएका हुन् ।