काठमाण्डू, १ चैत– जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज (आइतबार) जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन । उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर प्रश्न गर्दै खबरदारी सभा आयोजना गरेका हुन् ।
सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन समेत बुझाइसकेको छ ।