अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल नेपालमा

काठमाण्डु टुडे २०८२ चैत १ गते १३:०९ मा प्रकाशित

काठमाण्डू, १ चैत– अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आइपुगेका छन । पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत भोवेल नेपाल आएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी दिएका छन ।

‘भुटान हुँदै ड्रुक एयरको उडान मार्फत काठमाण्डू आइपुगेका भोवेल ३ दिनसम्म नेपालमा बस्ने बताइएको छ । उनले प्रधान सेनापति सहित उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता कार्यक्रम रहेको छ ।

अमेरिकी लेफ्टीनेन्ट जनरल पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमणमा पनि सहभागी हुने कार्यक्रम रहेको सहायकरथी बस्नेतले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us